ललितपुर एफसी एनएसएलको शीर्ष स्थानमा
काठमाडौं । एफसी चितवनलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) काे शीर्ष स्थानमा उक्लिएकाे छ ।
आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलेमा ललितपुरले चितवनलाई ३–१ गाेलले हरायाे । ललितपुरका पाबा केवेले २ र विवेक पाैडेलले गाेल गरे । चितवनका रफिक अमिनुले १ गाेल फर्काए ।
याे जितसँगै ललितपुरले ५ खेलमा ९ अङ्क जाेडेकाे छ । चितवन ५ खेलमा ५ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवन एफसी १० खेलाडीमा सिमित भएको थियो ।
ललितपुरले १९औं मिनेटमा पापा इबुकेबेको गोलबाट अग्रता बनाएको थियो ।
५७ औं मिनेटमा ललितपुरले अग्रता दोब्बर बनाएको थियो । ललितपुरका विवेक पौडेलले उत्कृष्ट गोल गरेका थिए ।
चितवनले ८९ औं मिनेटमा १ गोल फर्काएको थियो । भने गोल गर्न सफल भयो । नवयुग श्रेष्ठको पासमा रफिक अमिनुले गोल गरे ।
लगत्तै ललितपुरले पेनाल्टी पायो । आदित्य शाक्यलाई पेनाल्टी बक्समा फउल गरेपछि चितवनका उत्सव राईले रातो कार्ड पाए । सोही बेला प्राप्त पेनाल्टीलाई इबुकेबेले गोलमा परिणत गरे ।
















