जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भूकम्प सम्बन्धी भर्चुअल सेमिनार गर्ने
अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भूकम्प सम्बन्धी भर्चुअल सेमिनार गर्ने भएको छ।
फाउन्डेसनले डिसेम्बर दुई तारिख (मङ्सिर १६) को नेपाली समय अनुसार बिहान नौ बजे “लिभिङ्ग विथ भूकम्प” नामक भर्चुअल सेमिनार गर्न लागेको हो।
भूकम्प सम्बन्धी सचेतना जगाउने उद्देश्यले संस्थाले कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष डा. यादव पण्डितले बताए।
एक दिने सेमिनारमा डा. सुबोध ढकाल, डा. केशव शर्मा, डा. शिवा सुबेदी , डा. सतिश मानन्धरले कार्यपत्र प्रस्तुत गर्नेछन्।
सेमिनारमा पेनालिस्टको रूपमा कर्णाली प्रदेशका मन्त्री वेद राज सिंह, डा. राजु अधिकारी, मोती बहादुर कुँवर, डा. मन्दिप सुबेदी, डा. राजेन्द्र श्रेष्ठ र जय नेपाल इन्टरनेशनल फाउनडेशनका अध्यक्ष डा. यादव पण्डित रहने जनाइएको छ।
कार्यक्रमको सञ्चालन डा. नीरज श्रेष्ठले गर्ने छन्।
जुम मार्फत सञ्चालन हुने सेमिनारमा सहभागी हुनको लागि तल उल्लेखित मिटिङ आई डी प्रयोग गर्नु पर्ने फाउन्डेसनले जनाएको छ।
आई डी :- 93721692038
पास कोड :- 2023
मिति :- डिसेम्बर २, २०२३ (मङ्सिर १६, २०८०)
समय :- बिहान ०९:०० बजे (नेपाली समय )