अमाथको गोलमा एनएसएलमा इलाम विजयी
काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले पहिलो जित निकालेको छ । आज भएको खेलमा झापा एफसीमाथि १–० को जित निकालेको हो । इलामले ८७ औं मिनेटमा निर्णायक गोल निस्किएको थियो ।
८४ औं मिनेटमा पाएको पेनाल्टीलाई खेर फालेका इलामका अमाथ एनडले ८७ औं मिनेटमा उत्कृष्ट गोल गर्दै इलामलाई अग्रता दिलाए । इलामका भरत खवासले दिएको पासलाई अमाथले प्रहार गरेको पोस्ट चार्जलाई झापा किपर स्टेफन क्युपिकले जोगाउन प्रयास गर्दा आएको बललाई आफै अमाथले गोल गरे पछि खडेरी तोडिएको हो ।
खेलको तेस्रो मिनेटमा झापाका भरत खवासले फिनिसिङ गर्न सकेनन् । नवौं मिनेटमा झापाका छिरिङ लामाले इलामा अमाथलाई लडाएपछि पाएको फ्रिकि पोष्टभन्दा माथिबाट गएको थियो । २६ औं मिनेटमा झापा फर्नान्डो टोरेसले गरेको फ्रिकिकलाई इलामका खेलाडीले ब्लक गरेका थिए । ६७ औं मिनेटमा अमाथले गरेको प्रहार पोष्ट नजिकबाट आउट भएको थियो ।
६९ औं मिनेटमा इलामले लगातार पोस्टमा चार्ज गरे पनि सफल हुन सकेन । ८२ औं मिनेटमा झापाका योगेश गुरुङले इलामका भरत खवासलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
सोही पेनाल्टी ८४ औं मिनेटमा अमाथले प्रहार गर्दा पोस्टभन्दा माथिबाट गएको थियो । दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा झापाले बराबरी गर्ने अबसर खेर फालेको थियो । लक्ष्मण रुचालको पासमा प्रदिप लामाको हेडर इलामका कुथुले बचाउँदै इलामलाई १–० को जित दिलाउन सफल भए ।














