पौडेलले लिए सिन्धुलीबाट पहिलो एनआरएन नागरिकता
गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष चेत प्रसाद (सिपी) पौडेलले एनआरएन नागरिकता लिएका छन् । अमेरिका निवासी पौडेलले सवै प्रक्रिया पूरा गरेर गृह जिल्ला सिन्धुलीमार्फत नागरिकता लिएका हुन् ।
जेठ १७ गते राष्ट्रपतिबाट नागरिकता सम्बन्धी कानुन प्रमाणीकरण भएपछि मुद्दा मामला र नियमावली बन्न ढिलाई हुँदा वितरण कार्य सुरु भएको थिएन । सवै प्रक्रिया पूरा गरेर नियमावली जारी भएपछि गत अक्टोबर १७ तारिखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएन आइसीसीका अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसीलाई नागरिकता वितरण गरेर यसको सुरुआत गरेका थिए ।
पौडेल सिन्धुलीबाट एनआरएन नागरिकता लिने पहिलो व्यक्ति बनेका छन् भने एनआरएन अभियन्ताहरुमा चौथो व्यक्तिको रुपमा रहेका छन् । यसअघि आचार्य र केसीसँगै एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीले एनआरएन नागरिकता लिइसकेका छन् ।












