गुटरेसको म्याराथन शैलीको भेटवार्ता ‘सवैमा जलवायु परिवर्तन र शान्ति प्रक्रियाका बाँकी काम मुख्य एजेण्डा
काठमाडौं । चार दिनको औपचारिक नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि नै भेटवार्ता सुरु गरेका छन् । शनिबार राति काठमाडौं उत्रिएका उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यसपछि होटेल पुगेका गुटेरेसले आइतबार दिनभरी नै भेटवार्तामा समय विताएका छन् ।
उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का लगाएतसँग भेटवार्ता गरेका हुन् ।

गुटरेसले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा हुने अपेक्षा गरेको बताएका थिए । यस्तै, आइतबार नै प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भेट गरेका छन् ।
भेटपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताए ।
यस्तै, महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच पनि आइतबार नै भेटवार्ता भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।
यस्तै, महासचिव गुटरेस र नेकपा एमालेका अध्यक्ष ओलीबीच पनि संसद भवनमै भेटवार्ता भएको छ । महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए ।
आइतबार नै, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । बानेश्वरस्थित संसद् भवनमा भएको भेटवार्तामा सभामुख घिमिरले महासचिव गुटेरेसलाई नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन आफूहरु प्रतिबद्ध रहेको जानकारी गराए ।
उनले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको अवगत गराउँदै अब निकट भविष्यमै ऐन निर्माण हुने अपेक्षा व्यक्त गर्नुभएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सभामुख घिमिरेले नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित र आफैँले नेतृत्व गरी शान्ति प्रक्रिया निष्कर्षमा पुर्याएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसङ्घीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको बताए ।

अबको बाँकी कार्यतालिका
भ्रमणका क्रममा सोमबार उनी, नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने छन् । मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आएका हुन् । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौँबाट प्रस्थान गर्ने छन् ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् ।
काठमाडौं । चार दिनको औपचारिक नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि नै भेटवार्ता सुरु गरेका छन् । शनिबार राति काठमाडौं उत्रिएका उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यसपछि होटेल पुगेका गुटेरेसले आइतबार दिनभरी नै भेटवार्तामा समय विताएका छन् ।
उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का लगाएतसँग भेटवार्ता गरेका हुन् ।

गुटरेसले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा हुने अपेक्षा गरेको बताएका थिए । यस्तै, आइतबार नै प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भेट गरेका छन् ।
भेटपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताए ।यस्तै, महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच पनि आइतबार नै भेटवार्ता भएको छ ।सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।
यस्तै, महासचिव गुटरेस र नेकपा एमालेका अध्यक्ष ओलीबीच पनि संसद भवनमै भेटवार्ता भएको छ । महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए ।
आइतबार नै, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । बानेश्वरस्थित संसद् भवनमा भएको भेटवार्तामा सभामुख घिमिरले महासचिव गुटेरेसलाई नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन आफूहरु प्रतिबद्ध रहेको जानकारी गराए ।
उनले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको अवगत गराउँदै अब निकट भविष्यमै ऐन निर्माण हुने अपेक्षा व्यक्त गर्नुभएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।सभामुख घिमिरेले नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित र आफैँले नेतृत्व गरी शान्ति प्रक्रिया निष्कर्षमा पुर्याएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसङ्घीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको बताए ।

अबको बाँकी कार्यतालिकाभ्रमणका क्रममा सोमबार उनी, नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने छन् । मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।