भूकम्पका कारण धादिङमा २० घर भत्किए
धादिङ केन्द्रबिन्दु भएर आज बिहानै गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका ५, कुमालटारीमा २० वटा घर भत्किएका छन् । भूकम्पले ७५ घर चर्किएको जनाइएको छ ।
भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले जानकारी दिए ।
पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका थिए । ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए ।
धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आइतबार बिहान ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको हो ।
यसको धक्का काठमाडौं उपत्यकामा पनि गरिएको थियो । काठमाडौं उपत्यकामा भने क्षतिको विवरण आएको छैन ।















