एनआरएन महासचिवमा गौरी जोशीको उम्मेदवारी दर्ता

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको महासचिव पदमा गौरी जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि पनि महासचिव पदमै काम गरेका गौरीले विगतमा आफूले थालेका कामहरुलाई पूर्णता दिनका लागि एक कार्यकाल महासचिव पदमा दोहोर्याउन लागेको बताएका छन् ।
एनआरएनएको सचिवालयमा पुगेर आइतबार उम्मेदवारी दर्ता गर्दा हङकङका गोकर्ण ढकाल र अमेरिकाका गौतम दाहाल प्रस्तावक बसेका छन् भने अस्ट्रेलियाका डिल्ली ढकाल र युकेकी क्षमता ढकाल समर्थक रहेका छन् । मैले सुरु गरेको स्मार्ट एनआरएनए (पोलिसी) अघि बढेर बामे सर्ने अवस्थामा रहेको बताउँदै सबै गैरआवासीय नेपालीहरुले केन्द्रीय नेतृत्वको लागि मतदान गर्ने व्यवस्था गर्ने मुख्य उद्देश्य रहेको बताएका छन् ।
अमेरिकाका सफल युवा व्यवसायी तथा सामाजिक अभियन्ता जोशीले ‘सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित चुनावी अभियानमा उत्रिएका छन् ।