८ हजार अमेरिकी डलरसहित दुईजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै मौरिसस जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको उक्त अमेरिकी डलरसहित पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशलामा राखिएको छ ।











