काँग्रेस केन्द्रीय समितिको बैठक ४ असोजमा बस्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेको लागि सरेको छ ।
बुधवार पार्टी कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै असोज २ गते बस्ने भनिएको उक्त बैठक असोज ४ गते दिउँसो १ः०० बजे बस्ने गरी सारेको जानकारी दिएको हो ।
विज्ञप्तिमा लेखिएको छ ,‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।’
बैठकमा पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध पनि गरिएको छ ।