एनआरएनए अमेरिकाले पठायो आइसीसी डेलिगेट (सूचि सहित)
पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (अमेरिका) ले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का लागि डेलिगेटको नाम पठाएको छ।
एनआरएनए अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडे र महासचिव रामहरि अधिकारीको संयुक्त हस्ताक्षर रहेको पत्रमा दुई सय ५२ जनाको नाम समावेश छ।
आइसीसीको प्रावधान अनुसार प्रक्रिया पुर्याएर नाम पठाइएको दाबी पत्रमा गरिएको छ।










