बुबा आमाको नाममा पाशुपत क्षेत्रमा बर पिपल रोप्दै मन्त्री किरातीे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्व.बुबा र आमाका नाममा पाशुपत क्षेत्रमा बर,पिपल रोपेका छन् ।शनिबार सामाजिक सञ्जालमा उनले बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपेर आजैबाट बुबाको काम सकेको जानकारी दिएका हुन् ।
उनले लेखेका छन् ,‘सम्झनामा बुबा र आमा बर र पिपल हुनुभयो । पितृको संसारमा जानु भएको बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपियोसंगै आजैबाट बुबाको काम सकियो ।’
थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा काम गर्दै जाने प्रतिवद्धता जनाउँर्दै थप लेखेका छन् । ‘समय र स्वास्थ्यले साथ दिएमा थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा गर्दै जानेछु ।’