संसदीय समिति सभापतिबारे निर्णय गर्न बसेको राप्रपा बैठक निष्कर्षविहीन ७ बजे पुनः बस्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बेलुका ७ बजे पुन: बस्ने भएको छ ।
शनिवार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनको विषयमा छलफल भए पनि ठोस निर्णयमा नपुगिएको संसदीय दलको उपनेता बुद्धिमान तामाङले जानकारी दिए ।
उनले भने, ‘संसदीय समितिहरूको सभापति निर्वाचनको विषयमा ठ्याक्कै निर्णय भएको छैन । हाम्रो आफ्नो तर्फबाट के तयारी गर्ने भन्ने छलफल भएको छ । बेलुका फेरी ७ बजे बैठक बस्नेछौँ ।’
बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।