आयुर्वेद चिकित्साको क्षेत्रमा नेपाल र भारतले नविनतम प्रविधिको प्रयोग गर्ने : मन्त्री बस्नेत
काठमाडौं । नेपाल र भारत सरकारले आयुर्वेद चिकित्साको क्षेत्रमा नविनतम प्रविधिको प्रयोग गर्ने बारेमा छलफल अघि बढाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भारत भ्रमणबारे जानकारी दिदैं आयुर्वेद चिकित्सकाको क्षेत्रमा दुई देशबीच सहमति, समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको बताए ।
मन्त्री बस्नेतले भारतीय पक्षसँगको वार्तामा जीपी कोईराला श्वासप्रस्वास केन्द्रमा संरचना र सेवा विस्तानरमा सहयोग गर्नेबारे नेपालको तर्फबाट प्रस्ताव राखेको पनि बताए ।
उनले भने,‘ स्वास्थ्य सचिव र भारतीय टिमसँग दुईपक्षीय वार्ताहरु भए उक्त वार्ताको सन्दर्भमा जीपी कोईराला श्वासप्रस्वास केन्द्रमा संरचना र सेवा विस्तानरमा सहयोग गर्नेबारे नेपालको तर्फबाट हामीले प्रस्ताव राख्यौं । आयुर्वेद चिकित्साको क्षेत्रमा भएको नविनतम प्रविधिको बारेमा सहमति समुन्वय र सहकार्यको बारेमा देशबीच छलफल ग¥यौं । अन्य प्रविधिको आदानप्रदान गर्ने कुरामा पनि छलफल भए ।
उनले नारायणी अस्पतालमा किड्नी ट्रान्सप्लान्ट विशेषज्ञ सेवा दिने हिसाबले आन्तरिक तयारी गरिरहेको भन्दै यसबारे आवश्यक पूर्वाधार तयारका लागि सहयोग गर्ने प्रस्ताव राखेको पनि बताए ।
उनले भने,‘किड्नी ट्रान्सप्लान्टको हिसाबले हामीले मधेश प्रदेशको नारायणी अस्पतालमा विशेषज्ञ सेवा दिने हिसाबले आन्तरिक तयारी गरिरहेको छौं । यहि सिलसिलामा भारत सरकारले पनि आवश्यक पूर्वाधार तयार पार्ने कुरामा सहयोग गर्ने प्रस्ताव राख्यौं ।’
गत साउन ३० गते भारतभ्रमण प्रस्थान गरेको उनी एक साता पछि आज फर्किएका हुन् ।
















