बौद्ध धर्म गुरु खेन्पो पेम छिरी शेर्पाको स्वरमा दुई महिनामा दोस्रो साङ्गीतिक कोसेली
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया,अमेरिका/ बौद्ध धर्म गुरु खेन्पो पेम छिरी शेर्पाको स्वरमा एक महिनाको अन्तरमा दोस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ।
धर्मगुरु शेर्पाको स्वर रहेको हरियो तारा मन्त्र: ‘ओम तारे तुतारे तुरे सोहा’ यसै साता सार्वजनिक भएको हो। उनकै आफ्नै युट्युब च्यानलबाट मन्त्र सार्वजनिक भएको हो।
मन्त्रमा न्ह्यु बज्राचार्यको संगीत रहेको छ। दश मिनेटको भिडियोको दृश्य पनि सुन्दर रहेको छ।
डोरेमी रेकर्डिङ स्टुडियो जमल काठमाडौँ रेकर्डिङ भएको मन्त्रको व्यवस्थापन गोपाल रसाइलीले गरेका हुन्।
भिडियो कन्सेप्ट/सम्पादनमा पेमामान सिंह तामाङ रहेका छन्। रेकर्डिस्टमा भानुभक्त ढकाल र मिक्स एन्ड मास्टरमा श्याम बागदास तथा ड्रोनमा भीम बहादुर तामाङ रहेका छन्।
यस अगाडि जुलाई पहिलो साता शेर्पाको स्वरमा ‘मन’ गीतको भिडियो सार्वजनिक भएको थियो। दुर्गालाल श्रेष्ठको शब्द रहेको गीतमा न्ह्यु बज्राचार्यको संगीत संयोजन रहेको छ।
‘मन’ मा सुशान्त खत्रीको अभिनय रहेको छ।
शेर्पाले गीतको सार मनको बारेमा रहेको बताए। ‘हाम्रो मनको दुई वटा रूप हुन्छ, एउटा बाहिरी रूपमा विभिन्न प्रकारको तरङ्ग आउने, सोच आउने कल्पना आउने हुन्छ।’ शेर्पाले समाज टाइम्स सँग भने,’ यसको मनको वास्तविक यथार्थ चैँ शून्यता विना रूपको विना रङ्गको एक प्रकारको खाली पन रहेको हुँदा दुवै मनको स्वभावलाई प्रश्न गर्ने प्रयास गरिएको छ।’
‘एक प्रकारले यो दार्शनिक कुरा भन्दा पनि हुन्छ। मानिस भित्र मन हुन्छ मनले नै सुख दुख तरङ्गित गराउने हो । म मेरो भन्ने पनि मनै हो भन्ने प्रयास गरिएको छ।’ उनले भने।












