एनआरएनए महासचिव गौरी जोशीको धम्की: ‘नेतृत्व नमिले म आफै अध्यक्षको उम्मेदवार’
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का महासचिव गौरी राज जोशीले संस्थापन पक्षको नेतृत्व नमिले आफै अध्यक्षको उम्मेदवार हुने बताएका छन्।
बिहिवारको समाज टाइम्स सम्वादमा जोशीले केही साथीहरूले अध्यक्षमा इच्छा देखाएकाले आफूले महासचिवमा दोहोर्याउन लागेको बताए।
‘मेरो लागि उपयुक्त ठाउँ भनेको कि अध्यक्ष हो, कि महासचिव, अध्यक्षमा केही साथीहरूले इच्छा देखाएको हुनाले मैले महासचिवमा दोहोर्याएको हो तर म अध्यक्षकै क्यान्डिनेट हो।’ उनले भने, ‘मैले आट नगरेको होइन साथीहरूलाई पालो दिएको मात्र हो। चाहे भने म अझै पनि जम्प गर्न सक्छु, साथीहरूले यसलाई राम्रो सँग व्यवस्थापन गर्नु भएन भने म अझै पनि जम्प गर्न सक्छु ।’
उनले संस्थापन पक्ष तीन ठाउँमा टुक्रिएको र फेल भएको बताए।
‘एक वर्ष देखि नै हामीले भन्दै आएका छौ महेश जी बन्द्री जी आरके जी हामी भनेको एउटै पृष्ठभूमिबाट संस्थापन पक्षबाट आएका हौ, हामी तीन ठाउँमा टुक्रिएका छौ।, जोशीले भने, ‘मेरो इच्छा के हो भने महेश र बद्री सँगै बसेर आरकेजी पनि सँगै बसेर यस पटक चुनाव नगरी जाऊँ भन्ने मेरो इच्छा थियो।’
जोशीले अध्यक्षमा दाबी गरेकाहरू आफू फेल भए पनि आफू फेल नहुने दाबी गरे।
‘संस्थापन पक्षका तीन वटै साथीहरू फेल हुनु भएको छ। उहाँ फेल हुनु भयो भनेर हामी पनि फेल हुने कुरा आउँदैन हामी क्रमबद्ध अगाडि बढेका छौँ। संस्था उहाँहरू नभए पनि चल्छ भनेर हामीले तयारी गरेका छौ।’
‘गौरी जोशी यही पटक अध्यक्षको उम्मेदवार हुन सक्छ त्यो भयो भने तपाई हरू आश्चर्यमा नपर्नु होला।’ उनले भने।
जोशीले धेरै काम गर्न बाँकी रहेकाले महासचिवमा पुन उम्मेदवारी दिन लागेको बताए।
‘म निर्वाचित महासचिव हुन सकिन । त्यहाँ धेरै गर्न सकिने थियो। धेरै कुरा मैले चाहेर पनि गर्न सकिन हामी दुई महासचिव थियौ । सहमतिमा काम गर्नु पर्ने थियो। एक्लै हुनु र साझेदार हुनुमा फरक छ। एक्लो महासचिव भए भने गरेर दुखाउँछु।’
जोशीले आफूले जसलाई समर्थन गर्छ उसैले जित्ने पनि दाबी गरे।
‘मैले जसलाई समर्थन गर्छु त्यसले जित्छ। कसलाई समर्थन गर्ने भन्नेमा साथीहरू बिच सल्लाह भइरहेको छ। कुनै पनि अध्यक्षले यो नसोचे हुन्छ कि हामीले आफ्नो पपेड महासचिव ल्याउँछु भन्ने नसोचे हुन्छ। हामीले जसलाई समर्थन गर्छौ त्यसले जित्छ।’
उनले आफूलाई भन्दा पनि एनआरएनएलाई आफ्नो खाँचो भएको बताए। ‘मलाई संस्थाको भन्दा पनि संस्थालाई मेरो अपरिहार्यता छ। मैले सके सम्म जाने सम्म भ्याए सम्म संस्थालाई दिने प्रयास गरेको छु केही साथीहरूले आफ्नो स्वार्थपूर्तिका लागि संस्थालाई विवादित बनाउने गरेका होलान्।’
‘बुद्धि सुवेदी र मेरो बिचमा तुलना नै हुँदैन‘
जोशीले आफू र महासचिवका अर्का उम्मेदवार बुद्धि सुवेदी बिचमा तुलना नै नहुने बताए।
‘तपाईँहरूले कहीँ कतै दाँज्न मिल्छ? एउटा बालकलाई एउटा वृद्ध सँग दाँज्न मिल्छ एउटा अनुभवी मान्छेलाई एउटा सिक्दै गरेको सिकारु सँग दाँज्न मिल्छ त्यो म्याच हुने कुरा हो?’ जोशीले प्रतिप्रश्न गरे।
उनले विवाद गर्न खोजेर सुवेदीको उम्मेदवारी आएको बताए। सुवेदी एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष हुन्। जोशीले सुवेदी गलतबाटो बाट आइसीसीमा प्रवेश गर्न खोजेको आरोप लगाए।
‘आइसीसीको एउटा पनि बैठकमा सहभागी नभएको मान्छेले कसरी महासचिव चलाउँछ, म जस्तो अनुभव भएको मान्छेलाई संस्था चलाउन दिने की भर्खर आएको मान्छेको हातमा।’ जोशीले भने,’
एनसीसी चलाउन नसक्ने मान्छेले आइसीसी कसरी चलाउला।’
जोशीले आफूले चुनाव जिते अबको निर्वाचन पछि सबै सदस्यले भोट दिन पाउने व्यवस्था गरिने बताए।
समाज टाइम्स सम्वादको पुरा भिडियो












