समाधानका लागि बीसीएच पदाधिकारी र स्थानीय अधिकारी बिच छलफल सुरु, (भिडियो सहित)

ह्यारिसबर्ग, पेन्सिलभेनिया / अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्ग र त्यस वरपर बसोबास गर्ने नेपाली भाषी भुटनीजहरुका समस्या समाधानका लागि सरोकारवाला बिचमा पहलकदमी सुरु भएको छ।
समुदायमा रहेको समस्या र समाधानका लागि स्थानीय प्रशासन, प्रहरी र भुटनीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) ले छलफल सुरु गरेका हुन्।
यसै क्रममा शुक्रवार बीसीएचका पदाधिकारी र विभिन्न काउन्टी तथा टाउनशिपका अधिकारी बिचमा बैठक भएको हो।
बीसीएचका अध्यक्ष तिलक निरौलाले समुदायको चुनौतीबारेमा हतारमा सम्बोधन गर्नु भन्दा ठोस पहलकदमी लिन स्थानीय अधिकारी सँग बैठक सुरु गरिएको बताए। ‘हाम्रो समुदायका बारेमा विभिन्न गुनासाहरू आएका छन्, त्यसलाई सम्बोधन गर्ने उपाय पत्ता लगाउन सक्रिय भएका हौ।’ समाज टाइम्स सँगको कुराकानीमा निरौलाले भने।

शुक्रवार भएको बैठकमा बीसीएचको तर्फबाट अध्यक्ष तिलक निरौला, पूर्व अध्यक्ष तथा पेन स्टेट कलेज अफ मेडिसिनका पब्लिक हेल्थ डाक्टरेट स्टुडेन्ट, एमपीए भुवन गौतम र प्रतिष्ठित जनस्वास्थ्य वैज्ञानिक तथा बीसीएचका कार्यकारी निर्देशक एमपीएच तेज मिश्र सहभागी थिए।
यसै गरी डाउफिन काउन्टी बोर्ड अफ कमिश्नरका उपाध्यक्ष चाड सेलर, लोअर प्याक्सटन टाउनशिप पुलिस विभाग, सुस्केहन्ना क्षेत्रीय प्रहरी विभाग, र स्वातारा पुलिस विभागका उच्च अधिकारीहरूको पनि बैठकमा सहभागिता रहेको थियो।

एक घण्टा भन्दा बढी समय भएको छलफल सकारात्मक र उत्साहजनक भएको बीसीएचका पूर्व अध्यक्ष गौतमले बताए। पूर्व अध्यक्ष गौतमले अब समुदाय सँग पनि छलफल गरेर समाधानका उपाय निकालिने बताए।
यस्तै बीसीएचका कार्यकारी निर्देशक मिश्रले समुदाय बढ्दै जाँदा कतिपय कानुन कार्यान्वयन देखिएका समस्या बारेमा छलफल भएको बताए।
डाउफिन काउन्टीबाट २५ हजार अमेरिकी डलर ग्राण्डमा यो कार्यक्रम अगाडि बढाइएको हो।

बैठक पछि गौतम र मिश्र सँग समाज टाइम्सले गरेको भिडियो कुराकानी
समाजका अगुवा सँग पनि बीसीएचले गर्यो अन्तर्क्रिया
August 18, 2023 @ 9:58 pm
[…] […]