सत्य निरूपण मेलमिलाप आयोग सम्बन्धी विधेयक अन्तिम चरणमा : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव अधिकार उल्लङ्घनका घट्नालाई निरुत्साहित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
शुक्रवार काठमाडौँमा आयोजित अभिलेखालय तथा श्रोत केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले सत्य निरूपण मेलमिलाप आयोग सम्बन्धी विधेयक अहिले संसदीय समितिमा उपसमिति गठन भएर करिब अन्तिम चरणमा रहेको बत्ताइन् ।
उनले भनिन्,‘सरकारको तर्फबाट मानव अधिकार उलङ्घनका घटना मुख्य रूपमा द्वन्द्वकालीन युद्धमा जे जस्ता घटनाहरू भए तिनलाई अब टुङ्ग्याउनुपर्छ भनेर सत्य निरूपण मेलमिलाप आयोग सम्बन्धी विधेयक अहिले संसदीय समितिमा छ । त्यहाँ उपसमिति गठन भएर करिब अन्तिम चरणमा छ ।’
स्थानीय सरकार ,प्रदेश सरकार र नेपाल सरकार सबै मिलेर यस विषयलाई अगाडि बढाउने पनि उनले बताइन् ।