एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल निर्वाचित
सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ५ हजार २६६ मत ल्याएर पोखरेल निर्वाचित भएका हुन् । पोख्रेलसहित ३ जना अध्यक्षका प्रत्यासि रहेका थिए । दोस्रो स्थानमा रहेका देव गुरुङले ३ हजार ३८० मतसहित निकटतम प्रतिस्पर्धी बन्दा डिला खरेल ३ हजार ३ सय ४७ मतसहित तेस्रो स्थानमा रहे ।
कार्यसमितिको महासचिवमा सन्तोष कुँवर निर्वाचित भएका छन् । सन्तोषले ४ हजार ७ सय ९० मत प्राप्त गर्दा उसा किरण बरिया पोख्रेलले ३ हजार ६ सय ४८ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी बनिन् ।
आइसिसी सदस्यहरुमा डा. भरतराज पौडेल, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदनराज पोडेल, नारायण कुमार कटुवाल, रमेश अधिकारी, सुजन अधिकारी र टिकाराम टिका भुर्तेल विजयी भएका छन्।
राज्य संयोजन समितिहरुमा पनि प्रमुख संयोजकसहित सबै पदाधिकारीहरु निर्वाचित भएका छन । अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा बिक्रम सुवेदी, न्यू साउथ वेल्समा बिनोद कुँवर, नर्थन टेरिटोरीमा संजिव ढकाल, क्विन्सल्याण्डमा सम्भु घइसे,साउथर्न अस्ट्रेलियामा संजयराज पुरी, तास्मानियामा जगदिश खड्का, भिक्टोरियामा मनिरत्न साप्कोटा र वेस्टर्न अस्ट्रेलियामा शेखर घिमिरे संयोजकका रुपमा निर्वाचित भएका छन् ।












