नेपाली कांग्रेस नयाँ ध्रुविकरणको चरणमा प्रवेश गर्दैछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले, कांग्रेस नयाँ धु्रविकरणको चरणमा प्रवेश गर्न लागेको बताएका छन् ।
मंगलबार काठमाडौंमा डाक्टर शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा उनले नेपाली कांग्रेस भित्र विभिन्न विचार राख्नेहरुको समुह रहेको भन्दै हाल कांग्रेसमा देखिएको फेरवदल स्वभाविक भएको उल्लेख गरे । त्यस्तै उनले कांग्रेस नयाँ धु्रविकरणको चरणमा प्रवेश गर्ने बताए ।
उनले भने, ‘कांग्रेसभित्र विभिन्न विचार समुहहरु छन् । अव त्यसलाई विचार समुह भन्ने ओ वा नेताको समुह भन्ने हो, जे भए पनि अनेक समुहहरु छन् । अहिले नै ती समुहहरुमा धेरै फेरवलद भएको मैले अनुभुति गरेको छैन् । तथापी मैले के भन्ने गरेको छु भने कांग्रेस अव नयाँ धु्रविकरणको चरणमा पनि प्रवेश गर्दै छ ।’
लेखकले कांग्रेसमा देखिएको फेरवदललाई स्वभाविक प्रकृया मानेका छन् । त्यस्तै, उनले कांग्रेसको लामो समयपछि बसेको बैठक सकारात्मक भएको र अनअपेक्षालाई समेटेर कांग्रेसले आगामी दिनमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।