आफैँ रुपान्तरण नभएसम्म लक्ष्य हासिल हुन्न : कानून मन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं कांग्रेस उपसभापति धनराज गुरुङले आफैँले आफैँलाई रुपान्तरण नगरेसम्म लक्ष्य हासिल गर्न नसकिने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ४१औँ बीपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठी कार्यक्रममा उनले गन्तव्यहीन भएर अलमलिनु परेको छ कि सही गन्तब्यमा छौँ भन्ने महत्वपूर्ण कुरा भएको बताए ।
‘हामीले नेपाली जनताको लागि मुलुकको लागि देशको लागि नै राजनीति गरिरहेका छौं भन्ने कुरालाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ । के हाम्रो यात्रा गन्तव्य ठिक ठाउँमा पुग्न खोजिरहेको छ या फेरि हामी पनि अलमलीरहेका छौं ? ’ उनले भने ।
सिङगो मुलुकको रुपान्तरण गर्ने हो भने त्यो भन्दा अगाडी पार्टीको र पार्टी भित्र भएका नेताहरु रुपान्तरित भएर देखाउनु पर्ने उनको तर्क छ ।
आफै रुपान्तरण नहुनेले पार्टीको रुपान्तरण गर्न नसक्ने र पार्टीको रुपान्तरण गर्न नसक्नेले देशको रुपान्तरण गर्न नसक्ने उनको भनाई छ ।
कानून मन्त्रीसमेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङले कांग्रेसलाई जलाएर खरानीको टिका लगाउने काममा आफू संलग्न हुन नसक्ने तर्क गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ४१औं बीपी स्मृती सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा पार्टीका केही नेताले आफ्नो नामै लिएर टिप्पणी गरेपछि उनले सार्वजनिक रुपमा पार्टी हित विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।
उनले भने ‘कांग्रसको घर जालएर खरानीको टिका लगाएर त्यही खरानीको व्यापार गर्ने यात्रामा धनराज गुरुङ कहिले पनि हुँदैन् । कांग्रेसलाई होचो बनाउने पाटीलाई तल पार्ने गरेर सार्वजनीक रुपमा कसैले पनि भाषण दिने मन्तव्य दिने कुराहरु संग म सहमत छैन् । ’
भित्र लडौला, छलफल गरौला तर मन्तव्य अभिव्यक्ति दिनेबेला कांग्रेसलाई केन्द्रबिन्दुमा राख्नुपर्ने उनको तर्क छ ।