सहिद स्मारक ए डिभिजन लिग : सातदोबाटोसँग रोकिँदा आर्मीले शीर्षस्थानमा उक्लने अवसर गुमायो
११औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । तर आर्मीले अग्रता लामो समय टिकाउन सकेन । १६औं मिनेटमा स्ट्राइकर अजई मार्टिन्सले सातदोबाटोलाई खेलमा फर्काए ।
आर्मी पाँच खेलमा नौ अंकसहित तेस्रो स्थानमा यथावत छ भने सातदोबाटो समान खेलमा आठ अंकसहित पाँचौं स्थानमा छ ।



















