गायिका मेलिना राईको पेन्सिलभेनियामा प्रस्तुति अगस्ट १२ तारिख
ल्यानक्यास्टार, पेन्सिलभेनिया / साँगीतिक कार्यक्रम सहित सहित पहिलो पटक अमेरिका भ्रमणमा रहेकी नेपाली संगितकी चर्चित गायिका मेलिना राईले पेन्सिलभेनियामा अगस्ट १२ तारिक प्रस्तुति दिने भएकी छिन्।
जुलाई १५ तारिक ओहायोबाट साँगीतिक यात्रा सुरु गरेकी मेलिनाले अमेरिकामा १६ स्थानमा प्रस्तुति दिँदै छिन्।
यसै क्रममा पेन्सिलभेनियाको ल्यानक्यास्टरमा अगस्ट १२ तारिक शनिवार दिउँसो तीन देखि साँझ आठ बजे सम्मका लागि उनको कार्यक्रम तय भएको छ।
लिटिज रक्सको अत्याधुनिक हलमा कार्यक्रम राखिएको छ। जुन हलको क्षमता एक हजार भन्दा बढी छ।

ल्यानक्यास्टरका समाजसेवी तथा युवा व्यवसायी प्रेम बराल सहित शह गुरुङ र खेम चौहानले यो अवसर जुराएका हुन्।
आयोजक मध्येका एक प्रेम बरालका अनुसार कार्यक्रममा प्रवेश निःशुल्क राखिएको छ। ‘मेलिना राई वर्तमान नेपाली संगितकी चर्चित गायिका हुनुहुन्छ, उहाँको अमेरिका टुर हुँदा ल्यानक्यास्टरबासी छुट्नु हुदैन भनेर हामीले कार्यक्रय राखेका हौ।’ समाज टाइम्स सँग बरालले भने।
‘हाम्रो समुदायलाई मनोरञ्जन दिनु हाम्रो पनि दायित्व हो, त्यस कारण हामीले टिकट निःशुल्क गरेका हौ।’ बरालले भने।
बरालका अनुसार कार्यक्रमको पूर्ण खाका अझै तयार भएको छैन। ‘सबै भन्दा ठुलो कुरा हामीले मेलिना जीको समय पायौ।’ उनले भने, ‘हामी कार्यक्रमलाई पूर्णरुपमा पारिवारिक बनाउने तयारीमा छौ, हाम्रो कार्यक्रममा सबै उमेरका व्यक्तिले मनोरञ्जन लिउन भन्ने छ। अरु कलाकार पनि थपिन सक्छन।’
बरालका अनुसार सो कार्यक्रममा अन्य चर्चित कलाकार र स्थानीय कलाकारको पनि प्रस्तुतिबारे छलफल भइरहेको छ।
‘ल्यानक्यास्टरबासीलाई लक्षित गरेर कार्यक्रम बन्छ।’ बरालले भने। कार्यक्रमको उद्घोषण कुल गिरीले गर्ने छन्।
मेलिना अहिलेकी सर्वप्रिय गायिका हुन्। उनको ‘कम्मरमाथि पटुकी’ ‘शिरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ लगायतका दर्जनौँ गीत चर्चित छन्।
उनकै स्वरमा रेकर्ड भएको गीत ‘कुटुमा कुटु’ ले युट्युबमा सर्वाधिक १० करोड बढी भ्युज पाएको छ ।














