खेल क्षेत्र विकासमा सरकार र नीजिक्षेत्रको सहकार्य आवश्यक छ : मन्त्री लिम्बू

काठमाडौं । यूवा तथा खेदकुद मन्त्री डिग बहादुर लिम्बूले खेल क्षेत्रको विकासका लागि सरकारले निजि क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलवार नविन अर्यालद्धरा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रको विकास सरकारले मात्र गर्न नसक्ने भन्दै निजि क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘खेल क्षेत्रको विकास सरकारले मात्र गर्न सक्दैन् । निकै कठिन हुन्छ । नीजि क्षेत्रले जति लगानि गर्न सक्छ सरकाले त्यो गर्न सकिने देखिदैन् । त्यसैले सरकार र नीजि क्षेत्र नमिले सम्म खेल क्षेत्रको विकास सम्भव छैन् ।’
उनले पुरानो ईतिहासलाई र वर्तमानमा भईरहेको गतिविधिलाई जोडेर नविनता दिने प्रतिवद्धता जनाउँदै भने, ‘अहिले मैले जे जिम्मेवारी प्राप्त गरेको छु । सुधार गर्ने ईमान्दार प्रयास गर्ने र पुरानो ईतिहासलाई र अहिले वर्तमानमा भईरहेको गतिविधिलाई जोडेर नविनता दिने म कोशिस गर्नेछु ।’