मुगुका खामगोईटे वस्तीका नागरिक हर्षले पुलकित
मुगु । हिमाली जिल्ला मुगुको छाँयानाथ रारा नगरपालिको अवधारणाा अनुसार नगरपालिकाको वडा नम्बर चारमा रहेका खामगोईटे बस्तीका नागरिकहरुले घरघरमा धारा खाता खातामा रकम पाए पछि हर्षले पुलकित बनेका छन् ।
विगतमा विकास निमार्णका धेरै कार्य गरे पनि समूहमा रहेका ब्यक्तिमा काम गरेको रकम जाने र समितिले हिसाब गर्ने समयमा कामको फल नपाउने ठूलो समस्या थियो । तर अहिले यो खानेपानी आयोजनाले जति काम गरेको भए पनि सही तरिकाले काम गरेको रकम कामदारको खाता खातामा रकम पनि आउनुका साथै घर आँगनमा खाने पानी र सिचाईको लागि घारा पाउदा निकै खुसी लागेको स्थानीय खेमबहादुर भामले बताए ।
नगरपालिका भित्र रहेको खामगोईटे बस्तीमा खाने पानीका लागि निकै चरम समस्या रहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका ,युएसआईडी कर्णाली जल परियोजना ,र हिरीसडेक मुगुको लागत साझेदारीमा खामगोईटे बहुउदेश्यीय खानेपानी सरसफाई स्वच्छता आयोजना सञ्चालन गरिएको हो । यस आयोजनामा रहेका २२ घर परिवारका १ सय ३३ जना नागरिकहरुको स्वास्थ्य ,शिक्षा,रोजगार , आर्यआजनमा परिवतनको लागि घरघरमा खानेपानीका धारा निर्माण गरिएको हो । यो आयोजनामा छाँयानाथ रारा नगरपालिकाको ५ लाख २० हजार ८ सय , युएसआईडी कर्णाली जल परियोजनाको २२ लाख ९० हजार र खामगोईटे खानेपानी सरसफाई उपभोक्ता संस्थाको, ७ लाख २ हजार ७ सय गरी कुल ३५ लाख १६ हजार ६ सय रुपैयाको लागतमा ८ घन मिटर एक १२ घन बिटर एक गरी २ वटा फेरेसिमेन्ट ट्यांकी,इन्टेक २ वटा, मुख्या पाईपलाईन १५ सय ७० मिटर , वितरण २२ सय ४० मिटर, व्यक्तिगत २१ धारा ,सिचाई ४ धारा,जिआई क्रसिङ्ग २० मिटर लगायतका बिभिन्न क्षेत्रमा आयोजानामा सम्पन्न गरिएको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मीनबहादुर रावलले बताएका छन ।
छाँयानाथ रारा नगरपालिको अवधारणा अनुसार नगरपालिका भित्र रहेका सबै वडा बस्तीहरुमा घरघरमा स्वच्छा सफा घरघरमा खानेपानी बनाउने नीति अनुसार खामगोईटे बस्तीको खानेपानीको समस्यालाई मध्य नजर राख्दै यूएसआईडी लगायतको साझेदारी संस्थाहरुको पहलमा घरघर खानेपानीका धारा निमार्ण भई हस्तान्तरण भएका छ । वितेका वर्षहरुमा पालिका भित्र सञ्चालन हुने जुनसुकै आयोजनामा रकम हिनामिना हुने, कामदारले रकम नपाउने गुनासो आएको हँुदा अहिले रकम हिनामिना नहुनु, सही कामदारले पारिश्रमिक पाउनु, रकम सीधै उनीहरुको खातामा जम्मा हुनु खामगोईटे छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।
















