बहुदलीय व्यवस्थामाथिको चुनौती कम नभएको एमाले अध्यक्ष ओलीको निष्कर्ष
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुदलीय व्यवस्थामाथिको चुनौती कम नभएको बताएका छन् ।
शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको स्ववियु काउन्सिल नेपालको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै पनि संघर्षको औचित्य र आवश्यकता समाप्त भइनसकेको बताए ।
उनले भने ‘ हुन त बहुदलीय व्यवस्था हामीले ल्याएका छौं । तर चुनौतीहरु कम भएका छैनन् । अप्ठयाराहरु कम भएका छैनन् । संघर्षको औचित्य र आवश्यक समाप्त भईसकेको छैन । अहिले पनि संघर्षको आवशयकता छ । ’
अध्यक्ष ओलीले देशको हितलाई बर्थडे केक काटे र्झै काटकुट पारेर बाँडेर घिन लाग्दो खेल केही पार्टीले गरिरहेको आरोप पनि लगाए ।
उनले भने ‘ अहिले पनि संविधान लगातार मिच्ने कसैको बहुमत छैन, यि बहुमत नभएका पार्टीहरु ७ वटा ८ वटा १० वटा एक ठाँउ मिलेर स्वार्थ बाँडेर देशका हितलाई चकनाचुर पारेर बर्थडेको केक काटे झै राष्ट्रको हितलाई काटकुट पारेर बाँडेर सत्ता बनाउने र टिकाउने बहुतै घिन लाग्दो खेल खेलिरहेका छन । राष्ट्रपति बाट संविधान विपरित पोहोरै मरिसकेको त्यो विद्येयक पोहोरै मरिसकेको त्यो । त्यसलाई विधिबाट अगाडि बढाउन सकिन्थ्यो तर सत्ता उन्माद भयो । त्यो पनि बहुमत भएर पनि भएको हैन गठजोड भागबण्डा अराजनीतिको स्वार्थ र कित्ताकाटको अहङकार पलाएर संविधान नमान्ने पक्षमा पुगे । ’
















