एनआरएनए आइसीसी अध्यक्ष डा.केसीको पत्र : ‘निर्वाचन भौतिक वा फेसिएल भेरिफिकेसनबाट मात्र’

पेन्सिलभेनिया,अमेरिका / गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परियद् (आइसीसी) का कार्यकारी अध्यक्ष डा. बद्री केसीले राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचन भौतिक वा फेसिएल भेरिफिकेसनबाट मात्र गराउन भन्दै पत्र काटेका छन्।
एनसीसीका अध्यक्ष र क्षेत्रीय संयोजकहरुलाई सम्बोधन गर्दै लेखिएको पत्रमा ‘नियमावली अनुसार निर्वाचन भौतिक रुपमा अथवा फेसिएल भेरिफिकेशन सहित अनलाइन मार्फत गर्नु पर्ने अनिवार्य व्यरोरा जानकारी गराइन्छ।’
पत्रमा फेसिएल भेरिफिकेशन एनसीसी आफैले व्यवस्था गर्ने वा केन्द्रले व्यवस्था गरको कम्पनि मार्फत चुनाव गराउन पनि भनिएको छ।
डा केसीको पत्रमा हाल केन्द्रले बिभिन्न अन्तर्राष्ट्रिय कम्पनिहरु सँग अन्तरक्रिया गरि अस्ट्रेलियाको भेरो भोटिङ्ग अन्तिम चरणको वार्ता भएको पनि उल्लेख छ।
मुख्यतय एनसीसी अमेरिकाको निर्वाचन प्रक्रिया पेचिलो बन्दै गएको छ। एनसीसीका अध्यक्ष बुद्दि सागर सुवेदीले फेसिएल भेरिफिकेशन महङ्गो भएको भन्दै आएका छन्। यस्तै आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा.अर्जुन बञ्जाडे समुहले फेसिएल बाहेकको निर्वाचनमा सहभागि नहुने भन्दै आएको छ।
बञ्जाडे समुहले मंगलवार मात्र विज्ञप्ति जारी गरेको थियो। त्यस पछि डा. केसीले एनसीसी अध्यक्षहरुलाई सर्कुलर गरेका हुन्।
फेस भेरिफिकेशन बाहेकको निर्वाचनमा भाग लिँदैनौ : डा. बन्जाडे समूह


एनआरएनएको औपचारिक एकता अगस्ट १२ तारिखमा
July 6, 2023 @ 12:04 pm
[…] […]