ठ्याक्कै १ वर्षपछि काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी असार २७ गते बस्ने भएको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार बैठक असार २७ गते बुधवार अपराह्न १ बजे बस्ने छ ।
सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बुधवार बिहान बसेको पार्टीका शीर्ष पदाधिकारीको छलफलपछि असार २७ गते बैठक बोलाइएको हो ।
भुटानी शरणार्थी प्रकरण लगत्तै पार्टीको केन्द्रीय कार्य समिति बैठक बोलाउन चर्को दबाब खेपेका सभापति देउवाले लगभग एक वर्षपछि केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
पार्टी विधानअनुसार कम्तीमा हरेक दुई महिनामा एक पटक केन्द्रीय कार्य समितिको बैठक बस्नु पर्ने प्रावधान छ । गत वर्ष पनि असार २७ देखि साउन २ गतेसम्म केन्द्रीय सम्मतिको बैठक बसेको थियो ।