एनआरएनएका सिइओ अधिकारीले राजीनामा दिनुको भित्री कारण यस्तो

काठमाडौ/ गैर आवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी निर्देशक रवि किरण अधिकारीले पदबाट राजीनामा दिएका छन् । अक्टोबरमा आइसिसीको चुनाव हुँदै छ भने अहिले विभिन्न देशमा एनसीसीको चुनावी तालिका अघि बढेको छ । यस्तो अवस्थामा केन्द्रीय कार्यालयमा रहने कार्यकारी अधिकृत सिइओ अधिकारीले राजीनामा दिएपछि एनआरएन भित्र खैलाबैला मच्चिएको छ ।
अधिकारीले जुलाई २ तारिखमै राजीनामा बुझाए पनि उनको राजीनामा स्वीकृत भने हुन बाँकी रहेको छ । उनीभन्दा अगाडि एनआरएनका आइटी अफिसर महेश श्रेष्ठ र असिस्टेन्ट डाइरेक्टर सङ्गीता अवालेले पनि राजीनामा दिएको बुझिएको छ ।
सिइओ अधिकारीले विगतमा एनआरएनमा नियुक्त हुँदा आफूसँग गरिएको प्रतिबद्धता कार्यान्वयन नहुँदा राजीनामा दिएको बताउने गरेका छन् । गैर सरकारी क्षेत्रमा राम्रो स्ट्याटसमा रहेका अधिकारी सबै छाडेर एनआरएनएको मुभ मेन्टलाई सघाउन भन्दै आएका थिए । उनलाई कुल आचार्य र रविना थापाले नियुक्त गर्न जोड बल गरेका थिए । तर आचार्य र थापाको कार्यकाल सकिए पछि अहिले बद्री केसी नेतृत्वमा छन् । उनीसँग ट्युन नमिलेकाले राजीनामा दिएको एनआरएनएकै केही पदाधिकारीले बताउने गरेका छन् ।
नाम नलेख्ने सर्तमा एक पदाधिकारीले समाज टाइम्ससँग भने ‘रवि जीले काम राम्रो गर्नु भएको थियो, तर केही साथीहरूले उहाँलाई विभिन्न व्यक्तिसँग जोडेर काम गर्न दिएनन् ।’
यता, अधिकारीले पनि आफूले विगतमा खाइ पाइ आएको पारिश्रमिक भन्दा धेरै कम पारिश्रमिक पाएकाले काम गर्न चित्त नबुझेको बताएका छन् । उनले भने ‘विगतमा मैल ३ लाख ५० हजार भन्दा बढी पारिश्रमिक पाउने गरेको थिए । त्यसै अनुसार आफू एनआरएनमा आएको तर त्यो कार्यान्वयन भएन ।’
उनले भने ‘एनआरएनएबाट आफूले मासिक १ लाख ९६ हजार पारिश्रमिक बुझेको र त्यो बढाउनका लागि पटक पटक आग्रह गर्दा बोर्डले जम्मा १५ प्रतिशत मात्रै पारिश्रमिक वृद्धि गरेकाले आफूले राजीनामा दिएको हुँ ।’ उनले भने ‘एनआरएनएमा काम गर्ने भन्दा पनि बोर्डलाई खुसी पार्ने मान्छे चाहिएको रहेछ , काम गर्ने वातवरण पनि छैन ।’
केही पदाधिकारीले अधिकारीको नियुक्ति नियमावली विपरीत रहेको बताउँदै आएका थिए । अधिकारीलाई कुल आचार्यले इन्धन भत्ता ३० हजार महँगी भत्ता ३१ हजार सात सय १६ र छुट्टै खाना भत्ता १० हजार रुपैयाँ थप दिने निर्णय गरेका थिए । यसअघि महँगी भत्तामा पाँच हजार, इन्धन भत्ता पाँच हजार, दिने गरिएको थियो ।
यस्तै, खाजा भत्ता ३७ सय दिँदै आइएको थियो । कर्मचारीसम्बन्धी नियमावलीअनुसार भत्ता र बेसिक तलबको पुनरावलोकन सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय ९आइइएस०ले मात्र गर्न सक्ने प्रावधान रहेको छ । त्यति बेला असन्तुष्ट बनेका बद्री केसी अहिले सत्तामा आएपछि उनलाई फालेर राजेन्द्र कुमार राउतलाई सिइओ नियुक्ति गर्ने तयारी गरेको बुझिएको छ । अधिकारीले दिएको राजीनामा जुलाई १५ देखि लागू हुने ब्यहोरा उल्लेख छ ।
एनआरएनएको औपचारिक एकता अगस्ट १२ तारिखमा
July 6, 2023 @ 11:21 am
[…] एनआरएनएका सिइओ अधिकारीले राजीनामा दि… […]