एनआरएनए नागरिकता : नियमावलीका विषयमा गृहमन्त्री र अध्यक्ष आचार्यबीच छलफल
काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् । नागरिकता ऐन कार्यान्वयनमा आएपछि अध्यक्ष आचार्यले गृृहमन्त्रालयमा पुगेर मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा नागरिकता ऐनमा भएको एनआरएनए नागरिकता कार्यान्वयनको विषयमा छलफल भएको बताइएको छ । नागरिकता ऐन कार्यान्वयनमा आएपछि एनआरएनएले नागरिकता पाउने बाटो खुला भए पनि नियमावली बन्न बाँकी रहेको छ । नियमावाली बनाउन लागेको गृहमन्त्रालयले आफूहरुलाई छलफलका लागि अध्यक्ष आचार्यले जानकारी दए ।
छलफलमा आफूहरुले एनआरएनए नागरिकताको विषयलाई सरलीकरण गरी छिटो कार्यान्व्यन गर्ने विषयमा जोड दिएको पनि आचार्यले बताए । आजको छलफल सौहार्दपुर्ण भएको र आफू चाँडै एनआरएनए नागरिकता वितरण हुनेमा निकै आशावादी रहेको बताए । जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नागरिकताको लामो समयदेखिको अन्योलता ऐन जारी भएपछि अन्त्य भएको बताउँदै ऐन अनुसार नियमावली बनाएर एनआरएनए नागरिकता वितरणको प्रक्रिया सुरु गर्ने बताए ।
उनले सरकारले एनआरएनएलाई उच्च महत्व दिएको बताउँदै चाँडो भन्दा चाँडो नियमावली बनाउन लागेकाले आफूले छलफलका लागि बोलाएको बताएका थिए । छलफलमा गृहमन्त्रालयका सचिव दिनेश भट्टराईसहित एनआरएनका अन्य पदाधिकारीको पनि सहभागीता रहेको थियो ।












