एनआरएनए युकेको अध्यक्षमा ४ जनाको उम्मेदवारी (लिस्टसहित)
लण्डन । गैर आवासीय नेपाली संघ यूकेको (एनआरएनए यूके) निर्वाचनका लागि ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । शनिबार साँझ ५ बजेसम्म्को समयमा अनलाइनमार्फत ४ जनाले उम्मेदवारी दिएका हुन् । अध्यक्षमा दिनेश घिमिरे, हितकाजी गुरुङ, एलबिजेड गुरुङ र नारायण कंडेलको उम्मेदवारी परेको छ ।
संघको २ उपाध्यक्ष पदको लागि ज्ञानेन्द्र आले, रविन्द्र कंडेल, सुरेश परियार, ओमन गौचन र कर्मा शेर्पाको उम्मेदवारी परेको छ । राज्य परिषदमा लिलाराम निउरे (आयरल्याण्ड) कृष्ण प्रसाद भण्डारी (वेल्स), र मनिष खरेल (स्कटल्याण्ड) छन् । यस्तै, १ महिला उपाध्यक्षमा सपना खनियाको उम्मेदवारी परेको छ ।
यस्तै महासचिवमा गोविन्द खरेल र बालकृष्ण भुषालले उम्मेदवारी दर्ता गराए । कोषाध्यक्षमा विष्णु खरेलको मात्र उम्मेदवारी परेको छ । २ सचिवमा सरोज थापा र तिलक भट्टराईले नाम दर्ता गरे ।
एनआरएनए यूकेले चिरञ्जीवि ढकालालाई संयोजक तथा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एवम् पत्रकार विपिन निरौला सदस्य रहेको निर्वाचन समिति बनाइसकेको छ ।
उम्मेदवारको लिस्ट हेरौं ।

















