दक्ष जनशक्ति पलायनका क्रम रोक्न सकिएन भने देश शुन्य हुन्छ : सांसद गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद स्वविता गौतमले दक्ष युवा जनशक्तिको पलायनलाई रोक्ने राष्ट्रिय राजनीतिको आवश्यकता परेको बताएकी छन् ।
शनिबार काठमाडौंमा आयोजित दोलखा काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै उनले युवा जनशक्तिको विदेश पलायनको टे«न रोक्न नसके देश शुन्यमा जाने बताईन् ।
उनले भनिन् ,‘देशको सम्पति भनेको जनसंख्या हो भनेर विदेशीले जानेका छन् । त्यसैले गरीब र निम्न आय भएका नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी, जस्ता प्रलोभन देखाएर विदेश लगिरहेका छन् । त्यो टे«नलाई हामीले चिर्न सकेनौं भनेदेखि हाम्रो नेपाल छिट्टै शुन्य हुन्छ, त्यसलाई चिर्नको लागि आजको राजनीतिको आवश्यकता परेको हो ।’
उनले आफ्नो पार्टीलाई निरन्तर आक्रमणको प्रयास भइरहेको भन्दै पार्टी सभापतिबाट सुरु भएको आक्रमण मन्त्री हुदै आफूसम्म आइपुगेको बताईन् । आम जनमानसलाई सहज रुपमा बाँच्न सक्ने वातावरण बनाउने भिजन बोकेर देश बनाउन राजनीतिमा आएको उनको दाबी छ ।












