गठबन्धन सरकारको मिशन नै भ्रष्टचार काण्डको फाईल खोल्ने हो : मन्त्री गुरुङ
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन सकराको मिशन नै भ्रष्टाचार काण्डको भुङग्रोबाट जनतालाई मुक्त गाराउनु भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा मन्त्री गुरुङले आफुहरुले भ्रष्टाचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम नगर्ने भन्दै त्यसलाईं निभाउने काम गर्ने बताएका हुन्।
उनले भने ‘ गठबन्धन सरकारले पनि भ्रष्टाचारको ठूला ठूला काण्डको निष्पक्ष छानविन गरेर मुलुकममा सुशासन स्थापना गर्ने मिशनका साथ अगाडि बढिरहेको छ । त्यसैले सदियौंदेखि भ्रष्टाचारको भुङग्रोमा जनता छट्पटाई रहेको अवस्थामा अहिले हामी फेरि भ्रष्टचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम गर्दैनौं । अगुल्टो निभाउने काम गर्छौ ।
र नेपाली जनतालाई भ्रष्टचारको भुङग्रोबाट बाहिर निकाल्ने काम यो सरकारले गर्छ । गठबन्धन सरकारले गर्छ ,। यो मिसनबाट गठबन्धन सरकार पछि हट्दैन् । एक पछि अर्को गर्दै भ्रष्टाचार काण्डको फाईल खोल्दै खाल्दै जाने हो ।
वर्तमान सकरकारले भ्रष्टचारको काण्डलाई निर्मुल पार्ने काम गर्ने उनको भनाइ छ । उनले भने ‘ यो गठबन्धन सरकार ढल्छ यो सरकार ढलिहाल्छ भन्ने पनि सुन्छु तर यो ढल्दैन् ।
यदि कसैले यो गठबन्धन ढलिहाल्छ की गईहाल्की भनेर आशमा गर्छ भने ,भोकाएको स्यालले हात्ती मरोस भनेर सराप्दैमा हात्ती मर्दैन । हल्लाको पछाडि लगाएर पार्टी र सरकारलाई कमजोर पार्ने काम गरेको बताए। त्यसैले हामी ठीक दिशामा छौं ।














