सत्तारुढ दलकै असन्तुष्टिका बीच विनियोजन विधेयक संसदबाट पारित : पक्षमा १सय ४७
काठमाडौं । सत्तारुढ दलकै असन्तुष्टिका बीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ ।
सदनमा उपस्थित जम्मा २५५ जना मध्ये १ सय ४७ जनाको मत पर्यो भने विपक्षमा १ सय ८ ले मतदान गरेका छन् ।
बजेट पारित भएपछि नयाँ आर्थिक वर्षमा सरकारी ढुकुटीबाट खर्च गर्ने बाटो खुल्दछ ।
बजेट पारित गर्नका लागि सरकारलाई १ सय ३८ सांसदसहितको बहुमत आवश्यक पर्ने थियो । कांग्रेसको ८८, माओवादीको ३२ , जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समान ४÷४ सहित सत्ता गठबन्धनको १ सय ५६ सांसदको समर्थन छ ।














