वागमती, गण्डकी र कोशीमा दिउँसो भारी बर्षा
काठमाडौं । मनसुनी प्रभावको कारण आज नेपालको वागमती, गण्डकी र कोशी प्रदेशका स्थानहरुमा भारी बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशका बाँकी भागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावले केही स्थानमा हल्का देखि मध्यम बर्षा हुने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मधेश, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।
बिहीबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।










