चुडामणी शर्मासहित ३ जनालाई ९ वर्षको कैद सजाय
काठमाडौं । विशेष अदालतले कर फर्छयौट आयोगको भ्रष्टाचार मुद्दामा सरकार तीन पूर्व पदाधिकारी र कर्मचारीलाई ९ बर्षको कैद सजाय तोकेको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको हो ।
अदालतले लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सुनाएको छ भने ढकाल र शर्मालाई ९–९ वर्ष कैद सजाय तोकेको छ ।
कैद सजायका साथै उनीहरुले तीन जनालाई चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना पनि गराएको छ ।
यस अघि सोही इजलासले गत जेठ १८ गते उनीहरुलाई दोषी ठहर गरेको थियो ।










