नीति तथा कार्यक्रममा आफुहरुले उठाएको कुरा बजेटले विर्सियो : शिशिर खनाल
काठमाडौं । सांसद शिशिर खनालले नीति तथा कार्यक्रममा आफुहरुले उठाएको कुरा बजेटले विसिएको गुनासो गरेका छन् ।
आईतबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा उनले ईमान्दारितापूर्वक काम गर्ने हो भने असम्भव काम पनि सजिलै गर्न सकिने बताए ।
उनले भने ‘ हामीले नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको कुरा,शिक्षा ऐनका कुरा,विश्वविधालयको पुन संरचनाको कुरा उठायांै तर बजेटले बिर्सियो । सहि तरिकाले काम गरियो भने उपलब्धि हासिलगर्न सकिन्छ भन्ने कुरा यो पाठ्यपुस्तक समयमा पुर्याउन सकिएको कुराले पुष्टि गर्छ ।










