अमेरिकाको ओहायोमा ‘राकेश काफ्ले स्मृति कप’ फुटबल प्रतियोगिता हुने
|
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका / सांग्रिला युथ फुटबल क्लबको आयोजनामा ‘राकेश काफ्ले स्मृति कप’ फुटबल प्रतियोगिता हुने भएको छ।
अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा रहेको कोप्ले सकर कम्पेक्समा जुलाई सात देखि नौ तारिक सम्म प्रतियोगिता हुने सांग्रिला युथ एफसीले जनाएको छ।
राकेश काफ्ले भुटनीज नेपाली समुदायका प्रशिद्ध साहित्यकार तथा गितकार हुन। समाजसेवामा समेत सक्रिय काफ्लेको सन् २०१८ मा निधन भएको । उनी क्लबका संस्थापक समेत हुन्।
सांग्रिला युथ फुटबल क्लब सन् २००३मा मोरङ्गको पथरी शरणार्थी शिविरमा स्थापना भएको क्लब हो। क्लबका प्रशिक्षक एवं ‘राकेश काफ्ले स्मृति कप’ प्रतियोगिता आयोजक समितिका संयोजक किरण थापाका अनुसार तेस्रो देशको पुनर्वास पछि केही समय क्लब सुस्ताएको थियो।
पछि सन् २०२० मा अमेरिकामा यस क्लबको पुनस्थापना गरिएको हो। पुन सक्रिय भए पछि क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो।
‘काफ्ले ज्यूले नेपाली भाषा, साहित्य र संगितामा पुर्याएको योगदानको सम्मान गर्दै हामीले प्रतियोगिता आयोजा गर्न लागेका हौ।’ प्रतियोगिता संयोजक थापाले समाज टाइम्स सँग भने ‘उहाँ क्लबको फाउन्डर र समाजसेवी पनि हुनुहुन्थो।’
थापाका अनुसार प्रतियोगिता एडल र भेट्रान गरि दुई विधामा हुने छ। दुबै तर्फ १२/१२ टिमलाई सहभागि गरिने छ। दुबै तर्फ नेपाली भाषीले मात्र खेल्न पाउने छन्। एडल तर्फ ३५ वर्ष मुनीका खेलाडीले खेल्न पाउने छन्। भेट्रान्समा ३५ वर्ष माथिका खेलाडी सहभागि हुने छन्। ‘भेट्रान्स खेलाडीको टिम सहभागिताले हामी आश्चर्य र उत्साहित छौ।’ उनले भने
‘जुन २५ सम्मको दर्ता समय तोकेका थियौ र १६ टिम खेलाउने भन्ने थियो तर अब हामी दुबै तर्फ १२/१२ लाई मात्र सहभागि गराउने भएका छौं।’ संयोजक थापाले भने,’दर्ता समय पनि अब हामी जुन १० तारिक सम्म मात्र कायम गर्दै छौ।’
धेरै टिम भन्दा पनि व्यवस्थित रुपमा प्रतियोगिता गर्न नयाँ योजना ल्याइएको थापाले बताए।
प्रतियोगितामा एडल तर्फको विजेताका लागि दश हजार र उप विजेताका लागि ६ हजार अमेरिकी डलर नगर पुरस्कार तोकिएको छ।
यस्तै भेट्रान्समा प्रथम हुनेलाई सात हजार र उपविजेतालाई पाँच हजार डलर नगद पुरस्कार दिइने छ।
प्रतियोगितामा ओहायो सहित पेन्सिलभेनया, नर्थ क्यारोलीना, जर्जिया, टेक्सास, भ्रमण र न्यूयोर्कका टिमले भाग लिने छन्।













