बाइडेन स्टेजमै लडेपछि…
कोलोराडो । राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोको अमेरिकी वायुसेना एकेडेमीमा एक दिक्षान्तस समारोहमा सहभागी हुन पुगेका थिए । वास्तवमा समारोहमा सर्टिफिकेट दिएपछि बाइडेन अगाडि बढ्ने बित्तिकै उनको पैताला बालुवाको झोलामा अड्कियो र उनी लडे । लगत्तै वायुसेनाका अधिकारी र अमेरिकी गुप्तचर सेवाका दुई सदस्यहरूले उठाए, त्यसपछि तत्कालै आफ्नो सिटमा फर्किएका थिए । तर, बाइडेन लडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बाइडेनले अमेरिकी वायुसेना एकेडेमीको दिक्षान्त समारोहमा आफूलाई बोलाएकोमा धन्यवाद दिए।
ह्वाइट हाउसले भने राष्ट्रपति जो बाइडेन ठीक रहेको जनाएको छ । बाइडेन ८० वर्षका भइसकेका छन् । यसअघि पनि बाइडेन ठक्कर खाएको र लडेको समाचार सार्वजनिक भइसकेको छ ।
यस वर्ष फेब्रुअरीमा, बाइडेन विमानको सिँढी चढ्ने क्रममा लडेका थिए। पोल्याण्डको राजधानी वारसामा एयर फोर्स वनमा चढ्नका लागि सिँढी चढ्ने क्रममा बाइडेन ठोक्किएको बताइएको थियो ।
BREAKING: President Biden takes a fall on stage at the U.S. Air Force Academy graduationpic.twitter.com/BLef4F8eby
— The Spectator Index (@spectatorindex) June 1, 2023