बाल्टिमोर सिटी मेयरद्वारा बानाको सम्मान
मेरील्याण्ड अमेरिका / मेरील्याण्ड राज्यको बाल्टिमोर सिटीले बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) लाई सम्मान गरेको छ।
बाल्टिमोर सिटीले एशियाली अमेरिकी र प्यासिफिक आइल्याण्डर हेरिटेज महिना (एएपीआई) मनाउने क्रममा बानालाई सम्मान गरेको हो।
‘बाल्टिमोरका नागरिकहरूको तर्फबाट, म यो प्रमाणपत्र प्रस्तुत गर्न पाउँदा खुसी छु।’ बाल्टिमोर सिटीका मेयर ब्रान्डन स्कल्टले भनेका छन् ।
सिटीहलमा बिहिवार आयोजित कार्यक्रममा मेयर स्कल्टले बानाका अध्यक्ष सुबोध विलास पन्तलाई सम्मान पत्र प्रदान गरेका हुन्।
बाल्टिमोरमा बसोबास गर्ने नेपाली र नेपाली अमेरिकीहरूको सेवा र वकालत गर्ने कामको कदर गर्दै बानालाई सम्मान गरिएको कदर पत्रमा उल्लेख छ।
बानाले बाल्टिमोरको नेपाली समुदायका लागि सामुदायिक स्रोत केन्द्र, साथै सांस्कृतिक र शैक्षिक गतिविधिहरू प्रदान गर्दै आएको छ।
‘बाल्टिमोरका जनताको तर्फबाट, म तपाईंलाई बाल्टीमोर बनाउनको लागि निरन्तर कामको लागि प्रशंसा गर्दछु।’ मेयर स्कल्टले भनेका छन्।
बाना अमेरिका रहेका नेपाली भाषीहरुको संघ सस्थामा धेरै गतिविधि गर्नेमा अगाडि रहदै आएको छ।
विषेश गरि नेपाली भाषा पाठशाला, संस्कृतिको जगेर्नामा बानाले काम गर्दै आएको छ। यस्तै नेपालीका विभिन्न चाडपर्व मनाउने काममा पनि बाना अगाडि छ। कोभिट महामारीको समयमा पनि बानाले उलेख्य सक्रियता देखाएको थियो।