कानून अनुसार देश नचलेको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलिले, देश कानून अनुसार नचलेको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजीत पार्टी प्रवेश कार्यक्रममा उनले, संविधान पढेकाहरुले देशलाई समस्यामा पुर्याएको समेत टिप्पणी गरे ।
‘पुलिसको हत्कडीले जेलले, कानूनले समाज चलिरहको छैन् । यो राज्यलाई नियन्त्रण गर्न बनाईएका चिजहरु हुन् । जनतालाई नियन्त्रण गर्नका लागि होइन् । जनताले त संविधान पढेका छैनन्, कहिले संविधान बेच्दैनन् ।’ उनले भने ‘अचम्मको कुरा त्यो छ , जो संविधान पढेको पढै छ त्यसैले बेच्छ ।’
राज्य संयन्त्रको महत्वपूर्ण ठाउँमा पुग्नेहरुलाई एउटा भन्ने अर्को गर्ने बानी परेको हुन्छ भन्दै उनले खराब व्यक्तिका कारण आम नागरिकले दुःख पाउने गरेको टिप्पणी गरे ।