हामीले दिएका सुझाव समेटिकएका छन् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले दिएका सुझाव समेटिएको बताएका छन् ।
सोमवार सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गरेपछि उनले सरकारबाट अब जारी हुने आर्थिक ऐन भने हेर्न भने बाँकी रहेको बताए । उनको अनुसार जारी बजेटले निजी क्षेत्रको मनोबल बढाएको छ ।
उनले भने, ‘आर्थिक ऐन कसरी आउँछ ? हेर्न भने बाँकी छ । बजेट धेरैजसो भाषणमा मात्र राम्रो सुनिन्छन । तर, कार्यन्वयन नहुने परम्परगत चलन छ । केहि निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव समेटिएको पनि छ ।’
उनले पूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरिएको विषय राम्रो पक्ष रहेको धारणा राखे ।