विदेश गएमात्रै विहे हुने अवस्था सिर्जना भै सक्यो यो घातक छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले, विदेश नगएको घरका केटा केटीको विहे समेत नहुने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा, मेरो गाँउ मेरो ठाउँ भिडियो च्यालेन्जको अवार्ड वितरण कार्यक्रममा उनले विदेशीने संस्कृती घातक भएको बताए । उनले भने ‘रोगगारीको अभावको कारणले गर्दा यस्तो संस्कृतीको सिर्जना भै सक्यो , विहा गर्न पनि त्यो घरमा चै त्यो केटो चै अमेरिकामा छ, युकेमा छ, फ्रान्समा , अष्ट्रेलियामा छ भन्नु पर्ने स्थिती पैदा भो त्यो परिस्थिती त्यसरी विकास भएको छ ।’
उनले अब विस्तारै यस्तो भाष्य परिर्वतन गर्न पनि समय लाग्ने भन्दै चिन्ता व्यक्त गरे।
उनले भने ‘ भोली परिस्थिती चाँही, देशमै रोगजारी सिर्जना गरेर विकासको स्थिती सिर्जना गर्यो भने पनि यो सास्कृतीक मुल्यलाई परिर्वतन गर्न फेरी समय लाग्छ यो घातक छ । ’
वितरण कार्यक्रममा, उनले देश भ्रष्टाचारको जालोले र कमिसनको खेतिले बर्वाद भएको बताएका हुन् ।
उनले भने ‘सामाजिक आर्थिक रुपान्तरण गरेर देशमा समृद्धि ल्याउन सकेको छैनौ त्यसको कारण एउटा भ्रष्टाचारको जालोले देश बर्वाद बनायो । अर्को कमिसनका स्वार्थको खेतिमा देशलाई बर्बाद बनाउने प्रवृति छ ।’
उनले कुनै पनि तर्क गरेर वा बहाना बनाएर अब समृद्धिको यात्रालाई अवरोध गर्ने छुट कसैलाई नभएको तर्क गरे ।












