नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।
जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथीको थप अनुसन्धान अघि बढाईनेछ ।
नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।
खाँणलाई पक्राउ गरेसँगै उनलाई पनि बुधबार बिहान पक्राउ गरेको हो ।














