मिलन लामाले नचाए अस्टिनबासी नेपालीलाई …

मिलनले नचाए (4)
80
नारायण भण्डारी

जॉगर हुने र जानी नजानी कम्मर हल्लाउन सक्नेहरु के महिला के पुरुष के युवा के पाका कसैलाई नाच त एक पटक भन्नै परेन । सुरिलो स्बरका धनि चर्चित लोक गायक मिलन लामाको स्बर गुन्जिएर कानमा के पुगेको थियो बसेकै ठाउबाट नाच्दै दर्शक श्रोताहरु स्टेजको मझेरीमा हामफाले । अकस्मात चिसिएर सेलाएको अस्टिनको चिसो मौसममा नेपाली मनहरु एकाएक तात्न पुगे ।

नयॉ बर्ष २०८० को अबसर पारेरगत आईतबार टेक्सास राज्यको राजधानी अस्टिन संगै रहेको राउण्ड रक शहरको पाल्म भ्याली स्थित वल्ड सेटलर्स पार्कमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा नेपाली मनहरुले खुसीले नयॉ बर्षको स्बागत गरे ।


नेपाली लोक संगीतका धरोहर गायक मिलन लामा कार्यक्रमका प्रमुख आकर्षण बने । दर्शक श्रोताहरु संगै हौषिएर गित गाउदै नाच्दै गायक लामाले नेपाली मनहरुलाई एकपटक साच्चै नेपालै पुगेको अबस्थामा पुर्याईदिए ।माझीदाई पोखरा फेबातालको, हंगकंग आईडीले….लगाएतका चर्चित कालजयी गितहरु गाएर नेपालीहरुको मन मुटुमा बसेका लामाले कार्यक्रमलाई निकै उल्लासमय बनाईदिए । कार्यक्रम ग्रेटर अस्टिन नेपाली सोसाईटी(ग्यान्स)लेआयोजना गरेको हो ।



ग्यान्स टेक्सास राज्यको राजधानी अस्टिन शहर र यस बरपर बस्ने नेपालीहरुको साझा संस्था हो जसले यहॉका नेपालीहरुका लागि राम्रो काम गरिरहेको छ । यसले नेपाली संस्कृति, भाषा, धर्म संरक्षणमा ठुलो योगदान गरिरहेको छ । साथै तिज, फागु पूर्णिमा, राम नवमी लगाएका पर्वहरुमा ग्यान्सले बिशेष कार्यक्रमको आयोजना गर्ने गरेको छ ।ग्यान्सको नेतृत्वमा याहा जमिन किनेर कार्यालय भबन र साथमा पशुपति नाथको बिशाल मन्दिर निर्माण कार्य पनि भई रहेको छ । ग्यान्सले भबन किने पछि याहॉ नेपालीहरुलाई ब्रतबन्ध, जन्मदिन लगाएत बिभिन्न कार्यक्रम गर्न निकै सजिलो भएको छ ।

शुभकामना कार्यक्रममा गित संगित एवं खेलकुद सहित बिभिन्न मनोरंजनात्मक कार्यक्रमहरु पनि गरिएको थियो । यस क्षेत्रमामा बस्ने युबाहरुको सात बटा समुह बिच भलिबल प्रतियोगिता भएको थियो। त्यस्तै कार्यक्रममा हाज़िर जबाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।



Support Nepali Journalism

Author