एनआरएनए एकताका लागि शेष घले समुहको कठिन ‘बाह्र शर्त’

nrna ghale up
54

पेन्सिलभेनिया, अमेरिका / गैर आवासिय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय  समन्वय परिषद् (आइसीसी) शेष घले समुहले एकताका लागि कठिन बाह्र शर्त राखेको छ।

घले संरक्षक रहेको र विनोद कुमार अध्यक्ष रहेको आइसीसीको तर्फबाट महासचिव जानकी गुरुङद्वारा अप्रिल १६ तारिक जारी गरिएको विज्ञप्तिमा एकताका लागि लगभग असम्भव शर्तहरु राखिका छन्।

‘एकता नै संघको शक्ति हो भन्ने कुरामा हामी बिस्वस्त छौ।’ तीन पृष्ठको विज्ञप्तिमा भनिएको छ, ‘तर आधारभूत कुरा छोडेर संम्झौता गर्ने पक्षमा पनि छैनौ।’



प्रतिनिधि विवादका विषयलाई लिएर दशौ महाधिवेनमा एनआरएनए फुटेको थियो। संस्थापन पक्षमा डा. बद्री केसी, रविना थापा र कुल आचार्य गरि तीन जना अध्यक्ष रहेको जम्बो टोलीको कार्यसमिति छ।

संस्थापन सँग असन्तुष्ट शेष घलेले विनोद कुँवरको अध्यक्षतामा अर्को कमिटी बनाएका थिए। एनआरएनए संस्थापन पक्षले यस अगाडि डिबी क्षेत्रीको संयोजकत्वमा बार्ता किमटी बनाएको थियो।

‘एनआरएनए आइसीसीका पूर्व अध्यक्षद्वय जीवा लामिछाने र शेष घले व्यापारिक कारोवारमा थप निकट हुन थाले पछि वार्ताका प्रयासले गति लिएका छन्। तर दुबै पक्षको अडान सहमतिमा आउने गरि भने देखिएका छैनन्।’



प्रेस विज्ञप्तिको पूर्णपाठ

Support Nepali Journalism

Author