बाग्लुङ्ग समाज अमेरिकाको मेरील्याण्डमा ‘चैते दशै मेला’,प्रकास सपुतको प्रस्तुति

baglung samaj
58

मेरील्याण्ड,अमेरिका / बाग्लुङ्ग समाज अमेरिकाको यस पटकको चैते दशै मेला थप आकर्षक हुने भएको छ।

नयाँ वर्ष २०८० को शुभ कामना आदान प्रदान, बाग्लुङ्गको प्रख्यात चैते दशै मेला तथा वनभोजमा अर्को महत्वपूर्ण पाटो अहिले सर्वाधिक रुचाइएका चर्चित गायक प्रकास सपुतको प्रस्तुति रहने छ।

बाग्लुङ्ग समाज अमेरिकाले अप्रिल २३ तारिक आइतवार मेरील्याण्डको गनपाउडर फल्स स्टेट पार्कमा (7200 Graces Quarters Rs Baltimore. MD 21220) कार्यक्रम राखेको छ। ‘खानपिन,भेटघाट र रमाइलोकै लागि हो हाम्रो कार्यक्रमा’ समाजका अध्यक्ष विपिन श्रेष्ठले समाज टाइम्स सँग भने। ‘बाग्लुङ्गमा चैते दशै मेलाको आफ्नै महत्व छ। जसरी हामी नेपालमा महोत्सवको रुपमा यो मेला मनाउछौ त्यसैको झल्को दिन खोजिएको हो।’ उनले भने ।



श्रेष्ठका अनुसार कार्यम्रम आइतवार बिहना ११ बजे देखि नै शुरु हुनेछ। ‘दिनभरीको कार्यक्रम छ,यो वनभोज पनि हो,खानपिनका साथ साथै मनोरञ्जनका लागि विभिन्न कार्यक्रम पनि हुने छ। प्रकास सपुतको विषेश प्रस्तुति हुने छ।’

प्रकास सपुतकै प्रस्तुतिका लागि भनेर विषेश मञ्च बनाइने पनि अध्यक्ष श्रेष्ठ बताए। उनले कार्यक्रममा जो सुकै पनि उपस्थिति हुन सक्ने बताए। ‘यो मेला हो यहाँ हामी सबैलाई आमान्त्रण गर्छौ। विषेश गरि परिवारका सबै सदस्यलाई लिएर आउन हामी आग्रह गर्दछौ।’

प्रकास सपुत बाहेक अन्य राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने छन्। सांस्कृतिक कार्यक्रम पनि हुने छन। यस्तै खेलकुदमा भलिवल र छेलो पनि हुने छ। छेलो महिला पुरुष दुबै तर्फ हुने छ।



अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रममा उपस्थित हुन कुनै शुल्क तिर्नु पर्दैन। ‘करिव ३० हजार अमेरिकी डलर खर्च हुने हामीले अनुमान गरेका छौ। त्यसको जोहो हामीले गरि सकेका छौ।हामी उपस्थिति चै जनाउछौ तर शुल्क तिर्नु पर्दैन। कसैले स्वइच्छाले सहयोग गर्छ भने त्यसलाई भने स्वीकार गर्छौ।’

अध्यक्ष श्रेष्ठले एक हजार भन्दा धेरैले मेला भर्ने अनुमान गरेका छन्। उनले उपस्थित सबैलाई खानाको व्यवस्ता गरिएको बताए। साथै बालबालिकाहरुका लागि खानाको विषेश व्यवस्ता गरिएको पनि श्रेष्ठको भनाई छ। ‘हामी अलि चिल्लो पिरो पनि खान्छौ, हाम्रो खाना कतिपय बालकालिकाले खानै सक्दैनन्। उनीहरुका लागि ‘पिज्जा’लगायत अन्य खानाको पनि व्यवस्था गरिएको छ।’

यसै गरि बालबालिकालाई मनोरञ्जनका लागि अन्य विभिन्न कार्यक्रम पनि राखिएको उनले बातए। ‘हाम्रो नेपालीको कार्यक्रमा ठूलाबढालाई मात्र केन्द्रित गरेर बनाइन्छ जसले गर्दा बालकालिका तथा युवा युवति आउनै छाडे त्यसकारण हामीले त्यो बर्गले पनि मनोरञ्जन गरोस भनेर कार्यक्रम तय गरका छौ। स परिवार आउनुहोला।’अध्यक्ष श्रेष्ठले भने।

Support Nepali Journalism

Author