पेन्सिलभेनियाको ल्यानक्यास्टरमा ‘नयाँ वर्ष’ साँझ हुने
पेन्सिलभेनिया,अमेरिका / पेन्सिलभेनियाको ल्यानक्यास्टरमा ‘नयाँ वर्ष’साँझ हुने भएको छ। नेपाली एशोशियशन अफ पेन्सिलभेनियाको आयोजनामा नयाँ वर्ष २०८० लाई स्वागत गर्न विषेश कार्यक्रम गर्न लागिएको हो।
एशोशियशनका अध्यक्ष नेरु गिरीका अनुसार अप्रिल १५ गते शनिवार साँझ सात बजे देखि कोलोम्बिया एभिन्युमा रहेको नमस्ते रेष्ट्ररेन्टमा कार्यक्रम शुरु हुने छ।
‘पेन्सिलभेनियामा रहेका साथीहरु एकै स्थानमा भेला भएर नयाँ वर्ष मनाउ कार्यक्रम राखिएको हो।’ समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष गिरीले भने, ‘मध्यरात सम्म कार्यक्रम चल्छ।’
कार्यक्रममा साँस्कृतिक कार्यक्रममा डिनरको व्यवस्था पनि गरिएको अध्यक्ष गिरीको भनाई छ।’रमाइलोका लागि कार्यक्रम राखिएको हो’उनले भने।
गिरीका अनुसार कार्यक्रममा केही रकम प्रवेस शुल्क भने लाग्ने छ। कति पैसा लाग्ने भन्ने अहिले सम्म टुङ्गो नलागेको उनले बताए।’मोटामोटी तीस डलर भन्दा कम नै हुन्छ।’उनले भने।
‘हामी मध्येबाट एक जनाले पाँच सय डलर प्रायोजन गर्ने चलन छ। त्यो आलोपालो हो त्यसमा नपुग दामासाहीले बेहोर्ने हो। दश वर्ष भन्दा मुनीका लागि पैसा लाग्दैन, धेरै खर्च हुदैन।’ अध्यक्ष गिरीले भने।
















