सरकारी वेभसाइटमा रहेका पुराना सामग्री हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायलाई आफ्नो वेभसाइटहरुमा रहेका पुराना सामग्री र लिंक हटाउन निर्देशन दिएका छन् ।
सरकारी निकायले नयाँ वेभसाइट बनाउने क्रममा पुराना डाटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकोले उक्त फाइललगायतका सामग्रीहरु हटाउन निर्देशन दिएको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार, नयाँ वेभपेज बनाउँदा पुराना वेभसाइटका फाइलहरु स्थानान्तरण नगरेको हुनाले निर्देशन दिन बाध्य भएको हो ।
हाल नेपाल सरकारका बिभिन्न निकायले नीजि क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श सेवा लिएर वेभपेज निर्माण गरेका छन् ।
यसरी निर्माण भएका वेभपेजहरु समयमा नै प्राविधिकरुपमा अपडेट नहुदाँ सुरक्षा जोखिम रहने तथा सुरक्षासम्बन्धी मापदण्डहरुको उचित पालना नगरिने अवस्था रहेकोले प्रधानमन्त्री कार्यालयले एउटै वेभ टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको सचिवालयले जनाएको छ ।















