जनगणनाको तथ्यांक शुक्रबार सार्वजनिक हुने
काठमाडौं । राष्ट्रिय जनगणना ०७८ को नतिजा शुक्रबार सार्वजनिक गरिने भएको छ । शुक्रबार बिहान ९ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सोल्टी होट्लमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो ।
राष्ट्रिय तथ्यांक विभागलगत २५ कात्तिकदेखि ९ मंसिर ०७८ सम्म गणकहरु खटाएर देशभर जनगणना गरेको थियो । विभाग अन्तर्गत जिल्लामा रहेका कार्यालयहरुले ८० भन्दा धेरै प्रश्नावली लिएर जनगणना संकलन गरिएको थियो ।
त्यसको प्रारम्भिक नतिजा भने गत वर्ष माघमा नै सार्वजनिक गरिएको थियो । नेपालको प्रारम्भिक जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० छ ।
संकलित तथ्यांक विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी भए पनि राजनीतिक कारणले रोकिएको थियो । नेपालमा हरेक १० वर्षको अन्तरमा जनगणना गर्ने व्यवस्था र अभ्यास छ । अहिलेसम्म नेपालमा जनगणना २०६८ को तथ्यांक अनुसार काम भइरहेको छ । अब शुक्रबार तथ्यांक सार्वजनिक भएपछि त्यसै अनुसार सरकारी कामकारबाही अघि बढ्ने छन् ।