एनआरनए अमेरिका अभियन्ता कृष्ण लामिछाने घरमा मृत भेटिए
टेक्सास । गैरआवासीय नेपाली अभियन्ता अमेरिकाको टेक्सास निवासी कृष्ण लामिछाने आफ्नै घरमा मृत भेटिएका छन्।
नेपालमा गोर्खा घर भएका लामिछाने टेक्सासमा व्यवसाय गर्नुका साथै सामाजिक अभियानमा पनि सक्रिय थिए । उनी गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको पछिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए।
लामिछाने मंगलवार दिउसो आफ्नै निवासमा मृत भेटिएका हुन्। मृत्युको कारण खुलेको छैन।
लामिछाने नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष पनि हुन्। यस्तै लामिछाने नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक मध्येका एक हुन्। उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन्।
उनी दुई छाेरी र श्रीमतिका साथमा बस्दै आएका थिए । स्रोतका अनुसार उनी विगत केही महिनादेखि पारिवारिक समस्यामा थिए ।
यसै बीच नेपाली समाज टेक्सासले लामिछानेको निधनमा शोक व्यक्त गरेको छ।

















